के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

पुरानो युग बितेको छ, र नयाँ युग आएको छ। एक वर्षपछि अर्को वर्ष र एक दिनपछि अर्को दिन, परमेश्‍वरले धेरै काम गर्नुभएको छ। उहाँ यस संसारमा आउनुभयो र त्यसपछि प्रस्थान गर्नुभयो। यो चक्र धेरै पुस्ता भएर दोहोरिएको छ। आज, पहिलेजस्तै परमेश्‍वर आफूले गर्नैपर्ने काम निरन्तर गर्नुहुन्छ, उहाँले पूरा गर्ने काम अझ पनि बाँकी छ, किनकी उहाँ आजका दिनसम्म विश्राममा प्रवेश गर्नुभएको छैन। सृष्टिको समयदेखि आजसम्म, परमेश्‍वरले धेरै काम गर्नुभएको छ। तर के तँलाई आज परमेश्‍वरले पहिलेभन्दा धेरै काम गर्नुहुन्छ, र उहाँको कामको परिमाण पहिलेको भन्दा धेरै छ भन्‍ने थाहा थियो? त्यसै कारणले म भन्छु, परमेश्‍वरले मानिसहरूमाझ महान् कुरा गर्नुभएको छ। परमेश्‍वरका सबै काम अति नै महत्वपूर्ण छन्, चाहे ती मानिसको लागि हुन् वा परमेश्‍वरको लागि हुन्, किनकि उहाँको कामको हरेक कुरा मानिससँग सम्बन्धित छ।

परमेश्‍वरको कामलाई न त देख्न सकिन्छ न त छुन सकिन्छ—संसारले साह्रै थोरै मात्र देखेको छ—कसरी त्यो महान् कुरा हुन सक्छ? कस्तो प्रकारको कुरालाई मात्र महान् मानिन सकिन्थ्यो? निश्चय नै, कसैले पनि इन्कार गर्न सक्दैन कि परमेश्‍वरले जे काम गर्नुहुन्छ त्यसलाई महान् मान्न सकिन्छ, तर म किन परमेश्‍वरले अहिले गर्नुहुने यस कामबारे भन्छु। जब म भन्छु कि परमेश्‍वरले महान् कुरा गर्नुभएको छ, यसले निःसन्देह मानिसले बुझ्नै बाँकी धेरै रहस्यलाई समेट्छ। तीबारे अब कुरा गरौं।

येशूको अस्तित्वलाई नसहने युगमा उहाँ एउटा डुँडमा जन्मिनुभएको थियो, तर त्यसो हुँदा पनि संसार उहाँको मार्गमा उभिन सकेन, र उहाँ परमेश्‍वरको हेरचाहमा मानिसहरूमाझ तेत्तीस वर्ष जिउनुभयो। जीवनका ती धेरै वर्षमा उहाँले संसारको कटुता र पृथ्वीमा दुःखको जीवन अनुभव गर्नुभयो। सबै मानवजातिलाई छुट्कारा दिलाउन उहाँले क्रूसमा टाँगिने महान् अभिभारा बहन गर्नुभयो। उहाँले शैतानको सत्तामा जिइरहेका सबै पापीलाई छुट्कारा दिनुभयो, र अन्त्यमा उहाँको पुनरुत्थित शरीर उहाँको बासस्थानमा फर्कियो। अब परमेश्‍वरको नयाँ काम सुरु भएको छ, र यो नयाँ युगको सुरुवात पनि हो। परमेश्‍वरले मुक्तिको नयाँ काम सुरु गर्न छुट्कारा पाएकाहरूलाई उहाँको घरमा ल्याउनुहुन्छ। यस समय, मुक्तिको काम बितेको समयको भन्दा विस्तृत छ। यो, मानिसलाई आफै परिवर्तन गर्न लगाउन मानिसमा पवित्र आत्माले गर्नुहुने काम होइन, न त यो काम गर्न मानिसहरूमाझ देखापर्ने येशूको शरीर नै हो, र झन् यो अरू माध्यमद्वारा गरिने काम हुने त परै जाओस्। बरु, यो, देहधारी परमेश्‍वरले गर्नुहुने काम र आफूलाई निर्देशित गर्ने काम हो। उहाँले यसलाई यसरी नयाँ काममा मानिसलाई डोऱ्याउनको लागि गर्नुहुन्छ। के यो महान् कुरा होइन? परमेश्‍वरले यो काम मानवताको अंशमार्फत वा भविष्यवाणीहरूको माध्यमबाट गर्नुहुन्न; बरु, परमेश्‍वर आफैले यो गर्नुहुन्छ। कसैले भन्लान्, यो महान् कुरा होइन, र यसले मानिसमा परमानन्द ल्याउन सक्दैन। तर म तँलाई भन्‍नेछु, परमेश्‍वरको काम यो मात्र होइन, तर योभन्दा धेरै महान् र धैरै बढी अरू केही छन्।

यही समयतिर, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। त्यसबाहेक यो, परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यी नगण्य देहले परमेश्‍वरबाट सत्यताका सबै वचनलाई मूर्तरूप दिनुहुन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिनुहुन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्नुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यताहरू पनि बताउनुहुनेछ जुन सत्यता तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध लाग्न सक्छ, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर तँलाई बुझ्न लगाउनु पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनुहुने हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको नसुने पनि, तैँले उहाँका आँखाहरू बलिरहेका ज्वालाहरू जस्ता नदेखे पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनुभएको छ; तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता महसुस गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीका मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई हेर्न दिनु र उहाँलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, डर मान्न र प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुनत यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिसजस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जानेथियो; यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र विपत्तिमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर नआउनुभएको भए, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नुपर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्योभन्दा कठोर दण्डबाट बच्न असम्भव हुनेथियो। यदि यी साधारण देह नजन्मिएको भए, तिमीहरू सबै त्यो स्थितिमा हुनेथियौ जहाँ बाँच्न नसकेर जीवनको भीख माग्नेथियौ र मर्न नसकेर मृत्यु माग्नेथियौ; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ तर बरु, तेरा घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुनेथिइस्। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्‍वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिमा मौका हुनेथिएन; र यदि यीदेहको आगमन नभएको भए, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यी साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदा प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?

परमेश्‍वरको काम यस्तो काम हो जसलाई तँ बुझ्न सक्दैनस्। यदि तैँले तेरो निर्णय सही छ कि छैन त्यसलाई राम्ररी बुझ्‍न सक्दैनस्, अनि परमेश्‍वरको काम सफल हुन सक्छ कि सक्दैन भनेर तैँले जान्‍न पनि सक्दैनस् भने, तैँले भाग्यमा भरोसा गरेर यो साधारण मानिस तेरो लागि ठूलो उपयोगी हुन सक्छ कि सक्दैन, र परमेश्‍वरले साँच्‍चै महान् काम गर्नुभएको छ कि छैन भनेर हेर्ने प्रयास किन गर्दैनस् त? यद्यपि, मैले तँलाई भन्नैपर्छ कि नोआको समयमा मानिसहरू यति हदसम्म खाइरहेका र पिइरहेका, विवाह गरिरहेका र विवाहमा दिइरहेका थिए कि परमेश्‍वरले त्यो हेर्नै सक्नुभएन, त्यसैले आठ जनाको नोआको परिवार र सबै प्रकारका पशु-पंक्षीहरूलाई छाडेर सबै मानवजातिलाई नष्ट गर्न उहाँले विशाल जलप्रलय पठाउनुभयो। तथापि, अन्त्यसम्म परमेश्‍वरप्रति बफादार रहनेहरू सबैलाई आखिरी दिनहरूमा उहाँले बचाउनुहुन्छ। हुनत दुवै युग परमेश्‍वरलाई साक्षी दिन असह्य ठूलो भ्रष्टताका समय थिए, र दुवै युगमा मानवजाति परमेश्‍वर उनीहरूको प्रभु हुनुहुन्थ्यो भन्‍ने इन्कार गरेका र भ्रष्ट भएका कारण परमेश्‍वरले नोआको समयमा मानिसहरूलाई मात्र नष्ट गर्नुभयो। दुवै युगमा मानवजातिले परमेश्‍वरलाई ठूलो दुःख दिए, तर पनि परमेश्‍वरले अहिलेसम्म आखिरी दिनहरूका मानिससँग धैर्य गर्नुभयो। किन हो यो? तिमीहरूले किन कहिल्यै आश्चर्य मानेनौ? यदि तिमीहरूलाई साँच्चिकै थाहा छैन भने, मलाई भन्न देऊ। आखिरी दिनहरूमा मानिसहरूलाई परमेश्‍वरले कृपा गर्न सक्नुको कारण उनीहरू नोआको समयका मानिसहरूभन्दा कम भ्रष्ट भएर होइन, अथवा उनीहरूले परमेश्‍वरलाई पश्चाताप देखाएको भएर होइन, आखिरी दिनहरूमा प्रविधि यति आधुनिक छ कि उनीहरूलाई परमेश्‍वर स्वयमले नष्ट गर्न सक्नुहुन्न भन्‍ने कुरा त परै छाडौँ। बरु, यसको कारण यो हो कि परमेश्‍वरले मानिसहरूको एक समूहमा आखिरी दिनहरूमा गर्नुपर्ने काम छ, र यो काम परमेश्‍वर स्वयमले उहाँको देहधारणमा गर्नुहुनेछ। यसको साथै, परमेश्‍वर उहाँको मुक्तिका पात्रहरू र उहाँको व्यवस्थापनको योजनाको फल बन्न यो समूहको एक भाग छान्‍नुहुनेछ, र ती मानिसहरूलाई अर्को युगमा ल्याउनुहुनेछ चाहना राख्नुहुन्छ। त्यसैले, जे भए पनि, परमेश्‍वरले चुकाउनुभएको यो मूल्य पूर्ण रूपले उहाँको देहधारी शरीरले आखिरी दिनहरूमा गर्ने कामको तयारीको लागि हो। यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्‍वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यो सबै सौभाग्य प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्त्वहीन मानिसको आज्ञापालन गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्‍वर र मानिसबीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरूबीचको दूरीलाई छोट्याएको छ र परमेश्‍वर र मानिसका विचारहरूबीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्‍वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्‍वास र आराधनाको लागि अयोग्य छ? के यस्तो साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूमाझ परमेश्‍वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यताहरू इन्कार गऱ्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गऱ्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूलाई के हुनेछ?

आखिरी दिनहरूमा परमेश्‍वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्योभन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस्ता व्यक्ति तिमीहरूले विश्‍वास गरे जस्तो उल्लेख गर्न नै अयोग्य हुने गरी साधारण हुन सक्छ? के उहाँको सत्यता तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई ल्याउनुहुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै कुरा भनिन्छ र गरिन्छ, तब कुन कुराले तिमीहरूलाई उहाँप्रति घृणा गर्न र उहाँलाई टाढा फाल्न र पर-परै गर्न लगाउँछ? यी नै मानिस हुनुहुन्छ जसले सत्य अभिव्यक्त गर्नुहुन्छ, यी नै मानिस हुनुहुन्छ जसले सत्यता प्रदान गर्नुहुन्छ र यी नै मानिस हुनुहुन्छ जसले तिमीहरूलाई पछ्याउने मार्ग दिनुहुन्छ। के तिमीहरू यी सत्यताभित्र परमेश्‍वरको कामका चिन्हहरू भेट्न अझसम्म असक्षम भएको हुन सक्छ? येशूको कामविना मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारणबिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्‍वरको समर्थन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्नेथिएनन्। यी साधारण मानिसको आगमनविना तिमीहरूले परमेश्‍वरको सही रूप देख्ने अवसर कहिल्यै पाउनेथिएनौ, न त तिमीहरू त्यसको योग्य नै हुनेथियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नुपर्ने पात्र हौ। परमेश्‍वरको दोस्रो देहधारणको आगमनको कारणले, तिमीहरूलाई परमेश्‍वरले क्षमा दिनुभएको छ र कृपा देखाउनुभएको छ। यसका बाबजुद, मैले तिमीहरूलाई अन्तिमतिर छोड्नैपर्ने वचनहरू अझै यी छन्ः यी साधारण मानिस, जो देहधारी परमेश्‍वर हुनुहुन्छ, तिमीहरूको लागि अति नै महत्त्वको हुनुहुन्छ। यो, परमेश्‍वरले मानिसहरूमाझ पहिले नै गरिसक्नुभएको महान् कुरा हो।

अघिल्लो: ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

अर्को: आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्